खेमा लिपिमा विवादै छैन अर्को लिपि किन?
- भिम तमु ,देवदह ,रुपन्देही

रेखाङकन मार्फत भाषालाई अभिव्यक्त गर्ने नै लिपि हो । भाषालाई जिवन्तता दिनको लागि लिपिले ठुलो भुमिका निर्वाह गरको हुन्छ यी दुई कुरामा दुई मत छैन। दिनानुदिन लोपोन्मुख भई रहेको मातृभाषा मध्ये हाम्रो तमु भाषा पनि एक हो । भाषा लाई एकरुपता बनाउने काम पनि लिपि ले नै गर्दछ भन्ने पनि मेरो ठम्याई हो ।
Padam Singh Subbaतसर्थ तमु भाषाको पनि लिपि हुनु पर्दछ जसले हाम्रो पहिचान बोकेको तमु भाषालाई अनन्त काल सम्म जिवन्तता दिई राखोस् । तर यो जिम्मेवारी कसको त? देशमा २०११ सालमा तमु कल्याणकारी संघ गठन भए यता अहिले पोखरामा तीन दर्जन जति , काठमाण्डौमा दुई दर्जन जति, चालिस पैचालिस जिल्लामा तमु छोंज धिं अर्न्तर्गतको र देश बाहिर स्वतस्फुर्त ढंगले खुलेका थुप्रै तमु नामका संघ संगठनहरुले आफुहरुलाई तमु जातिय उत्थानको लागि खोलेका हौं भन्न रुचाउँछन। अहिले त झन राजनैतिक पार्टिहरुले खोलेका हनुमान तमु संस्थाहरुले हामी नै अब्बल दर्जाको जातिय मुक्तिकामी संस्था भनेका छन्। जातिय पहिचान बोकेको तमु भाषा र संस्कृतिको संरक्षण र संबर्धनका लागि विशुद्ध ढंगले लाग्ने यहाँ नामले र बोलीले धेरै छन तर लाग्ने एकदम कम छन् । केहि अग्रजहरु स्व. घन बहादुर तमु , देउ बहादुर तमु, स्व लाल बहादुर तमु ,रत्न बहादुर तमु आदि तमु महानुभावहरु लगायत रेडियो ,एफ एम ,टि भी हरुमा एक दर्जन जति तमु भाषा मा कार्यक्रम चलाउने तथा पत्रपत्रिकाहरुमा कलम चलाउने तमु सञ्चारकर्मिहरु व्यक्तिगत ढंगले लागेका छन् । त्यस्तै गरि तमु भाषालाई लिपिबद्ध गर्नु पर्छ भनि र्सवप्रथम स्याङ्गजा एलादी निवासी पच्यू खेगी स्व पिम बहादुर तमु ,बुटवलका बाल नरसिंह तमु ,पोखराका जगनलाल तमु र हाल आएर स्याङ्गजा कै होमन तमुले लिपिका लागि आ आफ्ना धारणा राखेका छन् । भाषा संस्कृतिलाई बचाउनु पर्दछ भनेर मौखिक रुपमा मात्र लागि व्यबहारिक रुपमा लाग्न नसकेको तमुहरु र तमु समाजले लिपिलाई थेग्न सकि रहेको छैन । २०५० सालमा पच्यू खेगी स्व. पिम बहादुर तमुले अवधारणा ल्याउनु भइ तथा बुटवलका बाल नरसिंह तमुले मुर्त रुप दिनु भएको खेमा लिपि अहिले तमु भाषा लिपिको रुपमा स्थापित भै सकेको छ । खेमा लिपि कसरी तमु लिपिको रुपमा स्थापित भै रहेको छ भन्ने बारेमा निम्न बुंदाहरुलाई केलाएर हेर्न सकिन्छ।
१) २०५० साल मंशिर १२ गते सम्पन्न “नेपालमा राष्ट्रिय भाषाका समस्या र निराकरणका उपायहरु” विषयक गोष्ठिमा
प्रथम पटक तमु लिपिको रुपमा खेमा लिपि प्रस्तुत ।
२) लिपि प्रस्तोता बाल नरसिंह तमुले त्यतिखेर नै बुटवल,नवलपरासी ,काठमाण्डौ ,चितवन लगायत केही तमु बाहुल्य
स्थानमा परिचयात्मक कक्षा सञ्चालन ।
३) २०५२ सालमा सम्पन्न तमु छोंज धिंको प्रथम राष्ट्रिय महाधिवेशनमा तमु लिपिको रुपमा प्रस्तुत भै तालीको
गढगढाहटबाट पारित ,दोश्रो तेश्रो महाधिवेशनमा समेत प्रस्तुत भै हलबाट पारित भएको ।
४) नेपाल तमु विद्यार्थी छोंज धिं केन्द्रिय समितिको राष्द्रिय सम्मेलनबाट पनि पारित ।
५) २०५३ साल मै स्थापित नेपाल अधिराज्य भरमै पहिलो र एकमात्र तमु भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर
टङ्गस एकेडेमी देवदह रुपन्देहीमा खेमा लिपि तमु लिपिको रुपमा हाल सम्म अध्यापन ।
६) २०५४ साल मै अखिल तमु वौद्ध संघ सिक्किमले खेमा लिपिलाई तमु भाषा लिपिको रुपमा पारित गरि सिक्किम
प्रान्तिय सरकारबाट मान्यता दिई हाल प्रा.वि्. हुदै मा.वि. सम्म खेमा लिपिमा तमु भाषा पाठ्यपुस्तक तयार गरि
पठन पाठन सुचारु भै रहेको ।
७) खेमा लिपि मै सिक्किम बाट “सिक्किम हेरल्ड ” नामक तमु पत्रिका नियमित प्रकाशित भै रहेको ।
८) तमु भाषालाई ऐतिहांसिक रुपमा लिपिबद्ध गर्ने हेतु र नेपाल अधिराज्य भरमै पहिलो र एकमात्र तमु भाषा पठन
पाठन गर्ने विद्यालय देवदह मदर टङ्गस एकेडेमी देवदह रुपन्देही सहयोगार्थ खेमा लिपिमा तमु पाठ्यपुस्तक प्रकाशन ।
९) तमु भाषा तथा खेमा लिपि विकास केन्द्रिय समिति द्धारा अधिराज्य भरका वर्दिया ,बाके ,सुर्खेत
,दैलेख,प्युठान,कपिलवस्तु ,पाल्पा , स्याङ्गजा, नवलपरासी, पर्वत ,चितवन ,गोरखा ,काठमाण्डौ ,मोरङ्ग र झापा
जिल्लामा गरि लगभग सात हजार जना लाई परिक्षण प्रशिक्षण कक्षाहरु सञ्चालन गरि सकेको ।
१०) नेपालगञ्ज,बुटवल र काठमाण्डौमा क्षेत्रिय स्तरको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरि सकेको ।
११) पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित तमु भाषाको कक्षा चारको पाठ्यपूस्तक तमु क्योए प्रां प्लीमा तमु भाषा
लिपिको रुपमा खेमा लिपि प्रकाशित ।
१२) खेमा लिपि लाई कम्प्यूटर फण्ट तयार गरि कम्प्यूटरमा समेत लेख्य रुपमा आई प्रयोग गरि सकेको ।
१३) गोरखापत्रको नयां नेपालको तमु भाषा अंकमा तमु भाषा तथा लिपि सिकौंमा नियमित स्तम्भमा समेत तमु भाषा
लिपिको रुपमा खेमा लिपि प्रकाशित ।
१४) तमु भाषा र खेमा लिपिको छुट्टै वेभ साइट तयार भै सकेको छ ।
यसरी तमु भाषाको लागि खेमा लिपि नै ठीक छ भन्नेमा खासै दुइमत देखिदैन ,प्रशिक्षार्थीहरुको तीन घण्टे कक्षामा सबैले सामान्य लेखपढ गर्न सक्ने भएकाले स्वाध्ययन बाट पनि सजिलै सिक्न सकिने अवस्था छ । कुनै लिपि संग नमिल्ने,आफ्नोपन झल्किने ,सिक्न सजिलो ,कम्प्युटर र्टाईपसेट सजिलो भएको जुन भारतको सिक्किममा तमु लिपिको रुपमा मान्यता पाई सकेको धेरै हिसावले र्सार्वजानिकिकरण भै सकेको लिपिलाई पर्ुण्ा वैधानिकता सबै तमुहरुबाट हुन वांकी छ । गुरुङ -तमु) राष्द्रिय परिषदको प्रथम राष्द्रिय महाधिवेशनले खेमा लिपिको राष्द्रिय अन्तरक्रिया गरि थप वैज्ञानिकिकरण गर्ने निर्णय गरेको छ भने तमु छोंज धिंले प्रस्तावित लिपिको रुपमा विधान मै उल्लेख गरेको छ । हिजो पनि लिपिमा विवाद भए कै होइन किन भने आफ्नो मौलिक लिपिको रुपमा खेमा लिपि आएको हो भने माध्यम लिपिको रुपमा रोमन र देवनागरी लिपि आएको हो । माध्यमको लागि त हामी जुनसुकै लिपि प्रयोग गर्न सक्छौं तर सजिलोको लागि देवनागरी लिपि को प्रयोग अत्यावश्यक नै छ माध्यमको लागी ।
गत वर्षतिर पोखराका जगनलाल तमु ज्युले नयां लिपिको कुरा ल्याउनु भएको छ , त्यस्तै गरि तमु वुद्धिजिवी होमन तमुले अहिले फेरी अर्काे लिपि बनाउनु भै पत्रिकामा प्रकाशित गर्नु भएछ । वहांहरुले तमु भाषा बचाउन जुन खालको प्रयत्न गर्नु भयो म अत्यन्त कदर गर्छ यदि वहांहरुले सांची नै भित्री मनले भावनाले फुटाएर ल्याउनु भएको हो भने । तर मलाई दुख लागि रहेको छ , बच्चा जन्माई रहने होइन बरु भएकोलाई कसरी राम्रो संग हुकाउन सकिन्छ भन्ने कुरा ठुलो हो । मलाई खेमा लिपिबाट कुनै स्वार्थ छैन छ भने त्यो भनेको तमु भाषालाई कसरी भावी सन्तती लाई हस्तान्तरण गर्न सकिन्छ वा कसरी यसलाई मर्न बाट बचाउन सकिन्छ भन्ने हो । यदि २०५० साल भन्दा अगाडि जगनलाल जी ले होमन जी ले लिपिको अवधारणा ल्याउनु भएको भए म र हाम्रो भाषा तथा लिपि समिति सगै हुन्थ्यो । नेपाल लगायत भारत तिर पनि वहांहरु कै लिपिलाई तमु लिपि भनेर मानि दिन्थे होला तर यो सम्भब भएन , छैन पनि । म एउटा तमुको नाताले विना पुर्वाग्रह रहित भन्दैछु कि वहांहरु दुबैले खेमा लिपिको अल्टरनेटिभको रुपमा लिपि दिन सक्नु भएको छैन । पहिला त खेमा लिपि यो यो कारणले ठीक छैन त्यसकारण यो लिपि यो यो कारणले ठीक छ भन्न सक्नु पर्छ , खेलवाडको कुरा त होइन नी । सामाजिक काममा जहिले पनि हामी भन्ने भावना हुनु आवश्यक छ जसले त्यहां निस्वार्थीपन देखिन्छ लिपि जन्माई रहनु संग हाम्रो के स्वार्थ हुन सक्छ र - अर्काको कुरा नसुन्ने आफ्नो कुराको परि पुर्याउन नसक्ने हाम्रो चलन छ यो वास्तबमा ज्यादै नराम्रो पक्ष हो । मैले खेमा लिपि पछि मगरहरुको अक्खा लिपि ,तामाङहरुको सम्भोट लिपि, नेपालको लिपि रञ्जना लिपिको समेत स्वाध्ययन गर्दैछु अहिले फेरि जगनलालजी र होमनजीको लिपि पनि मेरो अध्ययनको विषय बनेको छ र प्रारम्भिक चरणको अध्ययन पुरा गरेको छु पनि । प्रारम्भिक चरणको अध्ययन गर्दा सम्म सबै भन्दा सजिलो नै खेमा लिपि भएको मैले आफ्नो ठहर गरें केहि थपघट गरेर अझै वैज्ञानिकिकरण गर्दै लैजानु त भाषा विकास सगै भैरहनु स्वभाविक नै हो । तमु भाषा तथा खेमा लिपि विकास केन्द्रिय समितिले लगभग सात हजार तमुहरुलाई परिक्षण प्रशिक्षण दिई सकेको ,भारतको सिक्किम राज्यले तमु भाषा लिपिको रुपमा मान्यता दिई सकेको, नेपाल अधिराज्य भरमै पहिलो र एकमात्र तमु भाषा पठन पाठन गर्ने विद्यालयमा २०५३ साल देखि नै पठन पाठन भै रहेको , कम्प्युटर फण्ट समेत तयार गरि कम्प्युटर मै लेख्य रुपमा आई सकेको ,वेभ र्साईटमा समेत आई सकेको र विभिन्न तमु संघ संस्थाहरुबाट सकारात्मक धारणा आई सकेकोले खेमा लिपिको बारेमा अब विवाद गर्नु भनेको तमु भाषा को संरक्षण र सर्म्वर्धन कार्यमा अवरोध पुर्याउने कार्य पनि हुन सक्दछ भन्ने लाग्दछ । अन्तराष्द्रिय पहिचान पाएका हामी तमु हरुको पनि भाषा संस्कृती सगै तमु लिपि पनि यो हो भनेर हामी सबै तह तप्काका तमुहरु मिलि देखाउन अपरिहार्य भएको ले सबै तमुहरुमा हार्दिक अनुरोध गर्दछु ।
bhimgurun1@yahoo.com, bhim30@hotmail.com