- क्ल्हेप्री चिवा, क्ल्हेप्रीगुरु, श्री देव टु क्ल्हेप्री तमु ।

क्होईवो कसरी हुन गयो त नि ?

लामाहरु बौद्ध धर्म मान्नेहरुको 'बौद्ध सदन' भनेर भनेको छ तर तमुहरुले किन 'क्होईवो' भने त नि? भन्ने कुरा हो । सफुती क्ह्यल्सा भनेर भनेको छ त्यहा पर्ने एउटा स्थानमा 'क्ल्हेसोंदी', 'प्र्हेसोंदी' महा-गुरुहरु, महा-पुर्खाहरुको जन्म भयो । सो गुरुले यस् पृथ्वीमा सम्पूर्ण वनस्पती, पशु-पंक्षि जिव, जन्तुहरुको उत्पत्ति गराएको 'तमु प्ये' मा उल्लेख गरेको छ । ९ महा-गुरुहरु र ७ माङीहरुको सृस्‍टि गरिएको छ । प्ये छ्या ल्हु (तमु संस्कार, संस्कृति, परम्परा )को त्यो ठाउँबाट सुरुवात गर्दै आएको हो भनेर उल्लेख गरिएको छ । ज्ञान मागेर लिने गुरुको घरलाई 'क्ल्हे धीं' (गुरुको घर) भनिएको थियो । "क्होईवो धीं कसरी गरौँ ?" भन्ने बिषयमा छलफल गरिएको थियो । के कसरी के को आधारमा छलफल गरियो ? भन्ने सन्दर्भमा 'क्हो' भनेको क्ल्हेसोंदी प्र्हेसोंदीको 'क्हो' जसरी बनस्पतिहरुको रुप त्यस्तै हामी तमुजतिहरुको 'क्हो' । 'क्हो' भनेको सम्पूर्ण तमूहरुको आङ (अङ्ग) 'वो' भनेको हाम्रो तमुहरुको धर्म 'वोन' हो भन्ने अर्थ दिएको छ । यसरी 'क्होईवो धी' को स्थापना गरे । सो घरमा 'क्ल्हे' गुरुहरुद्वारा पूजा-पाठ गर्ने, चाड पर्वहरुमा, चाड प्रवचन गर्ने, 'क्ल्हे' द्वारा शिक्षा आर्जन गर्ने, आफ्नो धर्म मान्ने र यस् घरमा जम्मा हुने भनेर योजना बनाए । त्यसैगरी सबै लागी पारिरहे सम्पूर्ण तमुहरुले 'क्होईवो धीं' लाई नै आफ्नो प्रमुख धीं माने । तमुहरु गुम्बा मठ्-मन्दिरमा नगई पूजा गर्ने होइन आफ्नो क्होईवो धींमा गएर आफ्नो कुलको र प्राकृतिक सिल्दो नाल्दोको पूजा गर्ने हो ।

वोन भनेको के होला ? भन्ने कुरा आयो यहाँ । 'क्होइ + वो' गर्दा 'क्होईवो' भएको छ । हामीहरुले 'क्ल्हे' गुरुहरुसँग शक्ति लिन्छौं । शक्ति लिनुलाई 'वो न्वोव' भनिन्छ, शक्ति ग्रहण गरी काम गर्नु भन्ने अर्थ हो । पछी 'वो न्वोव' बाट 'वोन धर्म' हुन गयो भनिएको छ । यसरी हामीले जहिले पनि पितृहरुको शक्ति, गुरुहरुको शक्ति, र प्राकृतिक सिल्दो नाल्दोहरुको शक्ति अनुसार काम गर्दैछौँ त्यसर्थ हामी प्राकृतिकवादी हौं । हामी पुरानो कुल धर्मवादी हौं भनेर यसरी व्याख्या गरिन्छ ।

जस्तो:- प्ये क्ल्हे = शास्त्रको मालिक, छ्योय क्ल्हे = संस्कार, संस्कृतिको मालिक, स्य क्ल्हे = सम्पत्तिको मालिक, चोकै क्ल्हे = गाउँको गन्ने मान्नेको मालिक आदि । यसरी हामीले जुनसुकै कार्यहरु गर्दा पनि 'क्ल्हे' लाई पुकार्नु पर्ने हुन्छ । तमु प्ये ल्हु संघले पुर्खाहरुले गरिरहेका कुरालाई नै निरन्तरता दिईरहेको छ । सम्पूर्ण तमुहरु लाग्नुपर्छ भन्ने तमु प्ये ल्हु संघको धारणाहो र उद्देस्य हो । धन्यवाद ।

काठमाडौंको एकजना भाईले हामी बुद्धिजम हौ कि बोनिजम हौं भनेर ठुलो प्रश्न राख्नु भएको छ । त्यसकारणले हामीले क्हो कस्को मान्ने हो, गुरु कस्लाई मान्ने हो, सृस्‍टिकर्ता कस्लाई मान्ने हो । कस्को पछी पछी हिंड्ने हो भन्ने कुरा तमु प्ये ल्हु संघ स्पस्ट छ । तसर्थ यो मानेमा हामी तमुहरु लाग्नु पर्छ भन्ने तमु प्ये ल्हु संघको धारणा हो र उद्देश्य हो । धन्यवाद 

तमु (गुरुङ)का थर-उपथरहरु

Written by Administrator   

Thursday, 25 December 2008 16:38

तमु (गुरुङ)का थर-उपथरहरु
Tamu (Gurung) Clans/Subclans

संकलक: सु‌. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु प्‍ये ल्हु संघको बार्षिक मुखपत्र "तमु छ्‌या ल्हु ताँ" खि ल्हो २०६२मा प्रकाशित
By: Su. Chandramani Krõmchhaiñ Tamu - Published in Annual Magazine "Tamu Chhya Lhu Tañ (Gurung Tradition & Culture) Year Of the Dog 2005

When the Tamu clan is used as a noun, postfix "mai"/"मै" must be added on the clan. i.e. Kaju = Kajumai/काजुमै. All except Tahmai/त्‍हमै (sakhati bhagi khalak) are regarded as Ngemai/ङेमै or Kutummai/कुटुम्‍मै. In the Tamu system, only Ngemai/ङेमै are allowed to marry. The Tahmai/त्‍हमै are not to marry each other as they are closely linked to the same ancesters route in one way or another.

तमु (गुरुङ)का थर-उपथरहरु
S/No थर English त्‍हमै Remarks
काजु Kaju    
कली Kali    
क्याङ्ग्री लेम Kyangri Lem    
कटक्युम Katakyum    
कीतु Kitu    
कुम्हि Kumhi    
कुप्चे लेम Kupche Lem    
क्युबी Kyubi    
क्यु Kyu    
१० केप्चे छैजै Kepche Chhañje
   
११ को Ko    
१२ क्रोबृजै Krobrijai    
१३ कोकोर लेम Kokor Lem    
१४ कोय Koy    
१५ क्‍होली Kyholi    
१६ क्‍होके Kohke    
१७ क्‍होला Kohla    
१८ कौपोँ Koupoñ    
१९ क्‍होताँ Kohtañ    
२० क्रोँम्छैँ Krõmchhaiñ Tohrje  
२१ कोम्जै कोन Komjai Kon    
२२ क्रोगीं Krogiñ    
२३ क्रोजी Kroji    
२४ क्रोंके प्‍हच्‍यु Kroñke Pahchyu    
२५ खक्‍यु Khakyu    
२६ खी Khi    
२७ खेलाग कोन Kelag Kon    
२८ गरब्‍ज Garabja    
२९ ग्‍याल्‍दु क्‍ले Gyaldu Kle    
३० घला Ghala    
३१ घीम्रु Dhimru    
३२ घोमी Ghomi    
३३ ङवल कोन Ngbal Kon    
३५ ङोर ङोप्‍चै Ngor Ngopchai    
३६ चाइमाइ Chaaimaai    
३७ च्‍हाक्‍लि Chahkli Plehmai  
३८ चीम्‍मै Chimmai    
३९ च्‍युम्‍ही Chyumhi    
४० चुँगी chuñgi    
४१ चैबर Chebar    
४२ चो Cho    
४३ चोक्‍म्‍ही Chokmhi    
४४ चोम्रु Chomru    
४५ चोलांग कोन Cholang Kon    
४६ च्‍यो प्‍हच्‍यु Chyo Pahchyu    
४७ छ्‌युनी Chhyuni    
४८ छेल्‍ये Chhelye    
४९ छै Chhai    
५० जरल Jaral    
५१ जोब्रो कोन Jobro Kon    
५२ ट्‍हँगी Teheñgi    
५३ टीते लेम Tite Lem    
५४ टु क्‍ल्‍हेप्री Tu Klehpree    
५५ टुचै लेम Tuchai Lem    
५६ टुर Tur    
५७ टुट्‍ Tut    
५८ ठोर Thor    
५९ गोन्‍टे Gonte    
६० ढीगुरे Dhigure    
६१ ढोर Dhor    
६२ त्‍हार Tahar    
६३ तगुँ Taguñ    
६४ तन्‍गी Tangi    
६५ तक्रेँ प्‍हच्‍यु Takreñ Pahchyu    
६६ तक्रेँ कोन्‍मै Takreñ Kon    
६७ तमे लेम्‍मै Tame Lem    
६८ तङ्‍न Tangna    
६९ तानेसी Tanesi    
७० तील Til    
७१ तीम Tim    
७२ तीम्‍जे कोन Timje Kon    
७३ तीजु Tiju    
७४ तम्‍जु क्‍ले Tamju Kle    
७५ त्‍हीदु Tahidu    
७६ तेगी Tegi    
७७ तोम Tom    
७८ तोरका कोन Torka Kon    
७९ तोल Tol    
८० त्‍होर्जे Tohrje Krõmchhaiñ  
८१ तीलीज Tilij    
८२ त्‍हीता Tahita    
८३ थीम्‍चै Thipchai    
८४ दीने Dine    
८५ धींजे Dhije    
८६ धीमा Dhima    
८७ नथाने Nathane    
८८ न्‍हान्‍सी Nahansi    
८९ नेगी Negi    
९० नेप्‍ट Nepta    
९१ प्‍हन्‍जो Pahanjo    
९२ पल्‍जै प्‍हच्‍यु Paljai Pahchyu    
९३ पाई Pai    
९४ प्‍ल्‍हे Pleh Chahklimai  
९५ पोलो प्‍लो Polo Plo    
९६ प्‍ल्‍हो Plho    
९७ प्‍ल्‍होन लेम Plhon Lem    
९८ प्‍लाजक कोन Plajak Kon    
९९ प्‍हुतुस Puhtus    
१०० प्रु Pru    
१०१ पुचै Puchai    
१०२ प्‍ल्‍हेन्‍हाकी Plehnhaki    
१०३ पुगी Pugi    
१०४ पुताल Putal    
१०५ पेला Pela    
१०६ प्‍हेब्रो Pehbro    
१०७ पैँगी लेम Paiñgi Lem    
१०८ पैँगो Paiñgo    
१०९ पैल्‍जो कोन Pailjo Kon    
११० पोले Pole    
१११ पोम Pom    
११२ पोजो Pojo    
११३ प्रोँगी Proñgi    
११४ प्रजु Praju    
११५ फच्‍चा Phachcha    
११७ बुच्‍हा Buchaha    
११८ फेवाली प्‍हच्‍यु Phewali Pahchyu    
११९ बैया Baiya    
१२० भाजय Bhajay    
१२१ मरन्‍येली Maranyeli    
१२२ भाटले Bhatale    
१२३ भरिन्‍याल Bharinyal    
१२४ मीगी Migi    
१२५ म्‍ह्रु Mhra    
१२६ मैन Main    
१२७ म्‍होसी Mhosi    
१२८ म्‍लो लेम Mlho Lem    
१२९ म्‍लो कोन Mlho Kon    
१३० म्‍होज क्‍ले Mhoj Kle    
१३१ म्‍होज कोन Mhoj Kon    
१३२ म्‍हलु Mhalu    
१३३ योज Yoj    
१३४ योल्‍जो Yoljo    
१३५ र्‍हजो Rhajo    
१३६ र्‍हन Rhan    
१३७ र्‍हुल Rhul    
१३८ र्‍हीला Rhila    
१३९ रिते Rite    
१४० रिचै Richai    
१४१ रील्‍दे क्‍ले Rilde Kle    
१४२ रग्‍मी Ragmi    
१४३ रे रे Re Re    
१४४ लम्‍क्‍यु प्‍हच्‍यु Lamkyu Pahchyu    
१४५ ल्‍हयु Lhayu    
१५६ सत्‍हाक कोन Sathak Kon    
१५७ सीन्‍जा Sinja    
१५८ सीनगु Sinagu    
१५९ सुकु Suku    
१६० सेरङे Sernge    
१६१ सम्‍जे Samje    
१६२ हर्बन गै कोन Harban Gai Kon
   
१६३ हुर्लु Hurlu    
१६४ ह्युन्गी प्‍हच्‍यु Hyungi Pahchyu    
१६५ आदी Adi    
१६६ अथवा Athawa    
१६७ औंम रुप्‍चै Oñm Rupchai    
१६८ इचौ Ichao    
१६९ उयु Uyou    
१७० कारा प्‍हच्‍यु Kara Pahchyu
   
१७२ लनाछ Lanachh    
१७३ भज्‍‍यु Bhajyu    
१७४ ख्युन Khyun    

Kindly let us know if any thar(s) is(are) omitted in the list. We will add them with the submitter's details.

This list has to be updated with त्‍हमै (tahmai) sakhati bhagi list and Nheja/न्‍हेजा. If you have a knowledge, please share with us.

Thank You

Web Administration Team
Tamu Pye Lhu Sangh

Comments

avatar Ajay
+1
 
 
यतिका धेरै रहेछ नि है हाम्रो गुरुङ्ग हरुको थरहरु .. धन्यवाद जान्ने बुझ्ने मौका दिनु भएकोमा !!
Please login to post comments or replies.
Last Updated on Sunday, 15 February 2009 13:08
 ( यो समाचार/लेख www.tamu-pyelhu.org बाट साभार गरेको हुँ । )

तमु प्ये ल्हु संघको लोकप्रियता बढ्दो

Written by Buddhi Gurung   

Thursday, 30 April 2009 13:49

तमु भाषा, धार्मिक सस्कार तथा सस्कृतिको सम्रक्षण, प्रबर्धन गर्ने तमुहरुको सस्था "तमु प्ये ल्हु संघ"को आफ्नै अन्लाईन पत्रीका www.tamu-pyelhu.org अहिले छोटो समयमै देश होस् या बिदेश भरी छरिएर रहनु भएका तमुहरु तथा गैर्ह तमुहरु माझ लोकप्रिय बन्दै गइरहेको छ । यो पत्रीकाले तमुहरुको आधारभुत,मुलभुत कुरालाई जस्ताको तस्तै बैज्ञानीक आधारद्वरा सत्य तथ्य प्रस्तुत गर्ने भएकोले पनि सबैको ध्यान आकृष्ट गराएको हो ।

"प्ये म्हस्याँ छ्‌या म्हमु, छ्‌या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु" अतः शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अथवा जात नै हराउछ। नारा बोकेको संघले आफ्नो पत्रिकामा तमु भाषा, धार्मिक सास्कृतिक तथा सस्कार सम्बन्धी लेख-रचनाहरु साथै तमु सस्कृतिमा आधारित् गीत- संगीत अनबरत समावेस गर्दै आइरहेको छ । अझ यसलाई सहज, तथा प्रभाबकारी बनाउन online सदस्य हरु को पनि ब्यबस्था गरिएको छ । जस्ले गर्दा अहिलेको प्राबिधिक बिकास सगै अघी बढेको समयमा बिभिन्न देश-बिदेशमा रहनु भएका तमुहरुको बिच समानजस्य, वार्तालाब बिचारको आदन-प्रदान साथै समाचार सम्प्रेशण गर्ने सहज नयाँ बाटो खुला गरिदिनु भएको छ । तमु प्ये ल्हु संघ को साखा स्थापना गरी तमुको मौलिक परम्परा सम्रचना गर्ने आवाज जोड तोड आएको भयता पनि सबै ठाउँ बाट हुन सकेको देखिएको छैन । तथापी हङकङ अमेरिकामा पनि नभएको भने हैन तर समाचार गतिबिधी आएको धेरै पाइएको छैन ।

माल्दिभ्स मा बिगत ४ बर्ष देखी कार्यरत कर्ण गुरुङ भन्नु हुन्छ । "तमुहरुको चिनारी, धर्म बाचाउने नाउमा यस्ता धेरै सस्था पत्र-पत्रीका आए गए, गुरुङ एकता का बखान गरे आँफै बिलिन हुन पुगे र झन अन्योलमा पारेर छोडे ।" तर अब यस्तो नहोस् । "फुटाउने हैन कि जुटाउने खाल को होओस ।"  

पक्कै पनि अब को यो युग मा अरुको कुरामा, तडक-भडकमा लोभिएर लाग्नु भन्दा बुझेर आफ्नो मौलिक धर्म-सस्कृतिको सम्रक्षण गर्नु तिर लाग्नु तमाम तमुहरुको जिम्मेवारी आएको छ । अहिले जहाँ-जहाँ internet को उपलब्धता भएको ठाउँ बाट एस्ता थुप्रै पत्र-पत्रीका देख्न र हेर्न सजिलै पाईन्छ । साचो के हो त्यो अध्ययन गरेर हिंड्नु पर्ने बेला आएको छ।। आफ्नो गुरुङ को चिनारी को लागि ।

 बुद्धि गुरुङ, माल्दिभ्स

Comments

avatar netratamu
0
 Buddhi solty thank you very much for this kind of valuable information for we all tamus in the world. Yes I fully support on your voice. We really needs to do research about our Gurung origin, Gurung true culture and need to maintain, preserve and promote to keep all tamu together in one tamu real culture, our pachyu, klhepree and our tradition mustn’t be forgotten by any tamus. And we must lead our new generation in right direction to keep our origin alive for ever and ever. And we have to be care full with the other tamu association those who trying to neck our tamu original culture down in this world by blaming our origin culture story carrier our pachyu and klhepree. So please keep sending your view and information of our tamus from Maldives. Ones again thank you very much

Best regards
Netra Tu tamu
From uk
 
Last Updated on Friday, 29 May 2009 10:29
यो समाचार/लेख www.tamu-pyelhu.org बाट साभार गरेको हुँ । )

Comment by Bikram Tamu
2009-06-11 04:56:08

अहिलेको सन्दर्भमा भन्नुपर्दा धार्मिक बिचलन वास्तवमा सबै जातजाती र समुदायभित्र ब्यापक भइरहेको प्रकृया हो । यो धार्मिक बिचलनले पनि हामी तमुहरुमा निकै प्रभाबहरु पर्ने गरेका छन् । समय र परिस्थिति अनुसार हामी तमु समुदायभित्रको धार्मिक बिचलन पनि रहरलाग्दो देखिन्छ । किनभने रहरै रहरमा अर्को रहरहरु गर्ने गर्छौँ । पहिला पहिला त हाम्रो कर्मथलो भन्‍ने हिमाली क्षेत्रहरु, डाँडाकाँडाहरु, पाखापखेराहरु हुन्थे । त्यतिबेला हाम्रो आफ्नो धर्म भनेको कर्म सम्झिन्थे, कर्म भनेको धर्म सम्झिन्थे । तर आज तमुहरु ति ठाउँहरुमा मात्र सिमित नभै अरुको धर्म, अरु जातजाती र समुदायहरुको सम्पर्कमा पनि आएका छन् । त्यसैले समय-परिस्थिति, ठाउँ र जाती वा ब्यक्ती बिशेषले पनि तमु समुदायमा अरुको धर्मको प्रभाब पर्नु स्वाभाबिक हो भन्न सकिन्छ ।

वास्तवमा तमुहरुको आफ्नो पुरानो प्राचीन धर्म भनेको बोनधर्म हो । बोनधर्म भन्नले आफ्नो कुलको पूजा गर्ने, पुर्खको पूजा गर्ने, आत्मको पूजा गर्ने, अदृस्य शक्तिमाथि बिश्वास गर्ने, प्रकृतिमा प्राकृती श्रोतको पूजा गर्ने जस्ता तरिकाहरु पर्छन् । तमुहरुले आफ्नो सृष्‍टि र सभ्यताको बिकास र बिस्तारसंग यो धर्म हजारौं हजार बर्षसम्मा अँगालेको पाइन्छ र तिब्बत हुँदै नेपाल पस्दासम्म यो धर्मलाई तमुहरुले आफ्नो दर्शन, सिद्धान्‍त र कर्मको रुपमा लिएको पाईन्छ । नेपाल आइसकेर पनि हजरौ बर्ष सम्म यो धर्मले छोडेको थिएन र अझै पनि केही तमु समुदायहरुले बिभिन्न ठाउँहरुमा क्‍होइबो बनाएर आफ्नो यो प्राचिन बोन धर्मलाई प्रचार गरेको पाईन्छ र यो प्राचिन बोन धर्ममा आफ्नै तमु समुदाय भित्रको इतिहासहरु पाईन्छन् र कर्मकाण्ड चलाऊने उप्रेतलाई खेगी भनिन्छ जुन तमु समुदाय भित्रकै मात्र हुन सक्छ ।

तर अहिले तमु समुदायभित्र त्यस्तो स्थिती छैन किनभने तमुहरुले अहिले सम्म धेरै धर्महरुको स्वाद चाख्दै गरेको छन् । तमुहरु आफ्नो प्राचिन बोनधर्म, हिन्दू, बुद्ध धर्म हुँदै अहिले क्रीस्चियन र साइबाबाको धर्म भजन मण्डलीतिर लागेको पनि देखिन्छ । यसरी हेर्दा तमुहरुले समय र परिस्थिति र ठाउँ अनुसारको आफुलाई धार्मिक अनुकुलता बनाएको देख्दा जब तमुहरुले आफ्नो प्राचिन बोनबाद (Bönism) लाई छोड्दै गए, त्यत्रो हजारौ हजार बर्षसम्म वा अझै पनि छन् तर जसले यसलाई छोड्दै अरु धर्मतिर लागे, त्यसमा उनिहरु सन्तुष्टी नभइ फेरी अर्को धर्म मान्न शुरु गरे । जस्तो प्राचिन बोनबादलाई छोडेर तमुहरु हिन्दू धर्ममा गए, त्यसपछी यो हिन्दू धर्म हाम्रो होईन भनेर बुद्ध धर्ममा गए । आज के देखिन्छ भने पोखरा जस्तो थुप्रै तमुहरु भएको शहरमा तिनै बुद्ध धर्म मान्ने हरु फेरी चर्च र साइबाबाको भजन किर्तनतिर पनि हुतिएको देख्छौं । त्यसैले समय र परिस्थिति अनि ठाउँअनुसार एकदमै चल्न जनेको छ तर धार्मिक प्रतिबद्वता (Accountability) छ जस्तो देखिन्न अथवा धार्मिक बिचलनतिर गइरहेको पउछौं । प्राचिन बोन धर्मले हजारौ हजार बर्षको युग लिए किनभने हाम्रो सृष्‍टि र सभ्यतासगै यो धर्म सुरु भएको हो । यो नितान्त हाम्रो समुदायको संस्कार्-संस्कृती र परम्परागत बिषय बस्तुको स्विकार हो । जुन बेलादेखि हाम्रो सृष्‍टि सुरु भयो, त्यसैबेला र त्यहिबाट बिकास भएको यो बोन धर्मले कतिऔ युग काटिसके अझै पनि अस्तित्‍वमा छन् भने त्यसपछि आएका तमुभित्रका अरु धर्महरुले किन लामो समय लिन सकेन अथवा पछिका धर्महरु किन छिट्टै बिलय भएर जान्छन ? केही सय बर्ष त हिन्दूहरुले सबैलाई हिन्दू बनाए, हामी हिन्दू नै भयौ जव मान्छेमा चेतना आयो त्यसपछि परिवर्तन गर्नेका उपायहरु खोज्छन्, अर्कोतिर तिब्बत बाट आजकल हुलका हुल बुद्विष्‍टहरु नेपाल भित्रीइदैछन् । हिजो आज तिनै तिब्बतियनहरुको सम्पर्कले गर्दा हाम्रो समुदायका केही मान्छेहरु बुद्ध धर्म तिर लागेका छन् । बुद्ध धर्ममा के हुन्छ? कस्तो हुन्छ? भन्ने कुरा राम्ररी थाहै नहुँदै फेरी कृश्चियानतिर लाग्ने क्रम जारी नै छ । वास्तवमा यि सब के हो? आज तमुहरु कहाँ छैन? आफ्नो पुरानो धर्म - क्‍होइबोमा छन्, बुद्धको गुम्‍बामा छन्, हिन्दूको मन्दिरमा छन्, कृश्चियानको चर्चमा छन्, साइबाबाको जादुमा छन् । एउटै घरको परिवारमा पनि छुट्टाछुट्टै धार्मिक बिश्वासमा छन् अथवा सबै धर्मको बिश्वासमा छन् । यि सबै केवल धार्मिक बिचलन मात्र हुन् । यो धार्मिक बिचलन बिगतका १० - १५ बर्ष भित्र बढी भएको देखिन्छ । किनभने यती बर्ष भित्रमा तमुहरुले आफ्नो गाउँबस्तीहरु छोडि शहर बजारतिर बसाइ सर्ने प्रकृया निक्कै गरे जसले गर्दा शहर बजारमा जस्तो धर्म पनि पाइने, अनि मजाले फुर्सद हुने शहरमा पसेपछि के गर्ने? कहाँ जाने भन्ने सोच धेरै हुनाथाले, जसले गर्दा जानेर बुझेर, बाध्यताले भन्दा पनि फुर्सद्को समयमा, रहरै रहरमा यसो भएको हुन सक्छ । यदि यो प्रकृया रहदै गएमा भोलिको हाम्रो पहिचान कस्तो हुन्छ? जब कि एउटै ब्यक्तिको जीवनमा बोन धर्म्, हिन्दू धर्म्, बुद्ध धर्म मान्छन भने अरु नयाँ अनुहारलाई हाम्रो धर्म यो हो भनेर कसरी बिश्वास गराउने?

बिगत ३०- ४० बर्ष देखि यता तमु समाजमा देखिएका केही नयाँ संस्कृतिहरुको उदाहरण लिदा अझ हाम्रो संस्कृतिमा आएको परिवर्तन र बिचलनका स्पष्टता हुन सक्छ । जस्तो अहिले शहरबजारका तमुहरुको घरमाथि एक किसिमको झन्डा जस्तो गाडेको देखिन्छ । जसलाई लोंदा (लुंदा) भनिन्छ । यसो गर्ने काम लामाहरुले गर्छन । यसलाई हामीले संस्कृतिको एउटा प्रतिकको रुपमा लिन सकिन्छ तर यसभित्र केही उत्सुकुताहरु हुनसक्छ । जस्तो यो लोंदाले तमुहरुको घर भनि चिनाइन्छ? यसले बुद्घिष्‍ट भनि चिनाइन्छ? यसले लामा भनि चिनाइन्छ? यसले अर्को किसिमको तमु भनि चिनाइन्छ? वा सबैको देखेर खुशीले आफ्नो पनि गरेको अथवा कसैको करकापमा गरेको वा लामा धर्मको प्रतिक हो अथवा त्यतिकै राखेको? यि जिज्ञाशाहरुमध्‍ये कुनै एक पक्कै पनि हो तर मेरो आफ्नो ब्यक्तिगत बुझाईमा यि मध्‍ये कुनै पनि होईन । किनभने यस्तो काम पहिला पहिला गुम्‍बाहरुमा मात्रै देखिन्थ्यो, त्यसपछी तमाङ, भोटे, शेर्पा र थकालीहरुमा देखियो र बिस्तारै हाम्रो तमुहरुमा पनि देखियो । लामा भन्ने बित्तिकै त्यहाँ गुरुङ लामा नै हुन्छ भन्न सकिन्न्, त्यहाँ थकाली, भोटे, शेर्पा, तमाङ पनि हुन सक्छन् नि । त्यसैले यो लोंदा राख्ने काम अरुबाट सिक्यो कि या के हो? अर्कोतिर गुम्‍बामा बसेका लामाहरुको एउटा राम्रो रोजगार अथवा ब्यापार जस्तो पनि देखिन्छ । एकातिर यो लोंदा ठड्याउनेहरुमा आ-आफ्नै स्पष्टता देखिन्न, उनिहरुमा हिन्दू संस्कार पनि देखिन्छ, उनिहरुमा बुद्धको प्रभाव पनि देखिन्छ, उनिहरुमा समय र परिस्थितीमा चल्न सकिने समयबाद पनि देखिन्छ, संस्कारहरु गर्दा लामाबाद पनि देखिन्छ र पुरानो बोनबादको पनि कदर गरेको देखिन्छ, त्यसैले त्यो ठड्याएको लोंदा कुनबादको हो? जहाँसम्मा देखिन्छ उनिहरुमा अझै पनि श्यामानबाद (Shamanism) र बोनबाद देखिएकाले शायद यो प्राचिन बोनबादकै प्रतिक हो कि पनि भन्न सकिन्छ ।
यो धार्मिक बिचलनमा हाम्रा तमु समुदायमा संघसस्थाहरुको पनि जिम्मवार छैन भन्न सकिन्न । किनभने २०५१ सालको धरानमा भएको प्रथम राष्‍ट्रिया तमु सम्मेलन्, काठमाडौंमा भएको पहिलो तमु छोजधीँको महादिबेशन्, पोखरामा भएको महादिबेशनसम्मा अउदा तमुहरुको मुल धर्म कुलधर्म र पहिचानको धर्म बुद्ध धर्म भनेर घोषणा गरे तर ६१ सालको पछिल्लो महादिबेशनले घोषणको न ७ मा “तमुहरु बौद्वधर्मावलम्बि” भएको घोषणा गरिएको छ । यसरी हेर्दा ५१ - ६१ साल सम्मको १० बर्षभित्र एउटा ठुलो संस्‍थाको धार्मिक बिचलन देखिन्छ, अथवा सबै तमुहरु बौद्व धर्म मान्छन् भन्न सकिन्न । यसैले धार्मिक बिचलनमा हाम्रो समुदायिक संघ संस्थाहरु पनि लागि परेका छन् ।

यहाँ निर निक्कै जिज्ञासाहरू हुन सक्छन् । हामीमा यत्रो धार्मिक बिचलन आउनको कारण के ? सबैले भन्छन्: समय र परिस्थिति अनुसार तर हामीलाई आएको आधुनिकता (Modernisation) किराँतहरुलाई आएको छैन ? के किराँतहरुलाई बिश्वा पुँजिबाद (World Capitalism) ले छोएको छैनन् ? किराँतहरु शहर बजारमा बसेका छैनन् ? तर उनिहरु किन आफ्नै किराँत धर्ममा बिश्वास गर्छन ? किन उनिहरु उधौली उभौली गरेर प्रकृतिको पूजा गर्छन ? हामी पनि धार्मिक बिचलन नभइ आफ्नै धर्ममा रहे हुन्नथ्यो ?

http://www.nepal.hk/?p=4171 यो page बाट साभार गरेको हुँ ।  

"च्हम्रु" एक परिचय

 Introduction about "Chamru" Tamu (Gurung)
च्हम्रुको शाब्दिक उत्पत्ति ( ईतिहास र बर्तमान ।)
कार्जे खोला हुँदै च्हम्रु आपो कर्वा, सप्री कहलेल, हुँदै उत्पत्ति भएको तमु पच्यू, केल्ब्रीहरुले पढ्ने शास्त्र (प्ये) मा उल्लेखित गरिएको छ । कोहोनोर खोला, च्वो नास, आदि, उल्लेखित भएको पाईन्छ । "च्वो नास" जुन तमु (गुरुङ) को उद्गम स्थल मानिन्छ। सोही "च्वो नास" मा च्हम्रु राजा थिए। अर्थात "च्हम्रु" राजाका सन्तान थिए। "चु" को अर्थ यो र "म्रु" को अर्थ राजा भन्ने हुन्छ । अर्थात "चुम्रु" (च्हम्रु) भयो । 
अर्को किंबदन्ति  अनुसार सानोमा आफ्नी आमाले आफ्नो छोरालाई "च्ह म्रु" अर्थात मेरो छोरा राजा हो, भनेर सम्बोधन गर्ने गर्दथिन् । त्यही नै "च्हम्रु" हो । यसरी, धेरै किंवदन्तीहरु पाईन्छन् "च्हम्रु" को शाब्दिक मानेहरु/अर्थहरु।

पुर्खा
च्हम्रुको पुर्खाको नाम हो, "जुम्राली"। कोहोल, कहलेल सोँथर, लम्जुङ, घनपोखरा राजा थिए। र "च्हम्रु" खानदान राजा थिए। एसै राजा रोज्ने क्रममा एकपटक जुन अग्लो छ उसैलाई राजा रोज्ने भनियो। र आमाले सबै दाजुभाइलाई बस्न लगाइन्। अलि बाठो भाईले आफूले शिरमा बेर्ने कपडा बेरी पिंधमा पिर्का बनाइ बसेर अग्लो देखिन पुगी उसैलाई राजा बनाइयो। तर पछी अरु दाजु भाईले थाहा पाए पछी उनको हत्या गरियो। 
पुर्खाहरुमा पछी तक्रे, तक्रो, चिमी, च्योम्स्यो भए । क्रमस: जेठा ,माइला, काइला र कान्छा । साँहिलाको उल्लेख पाइएन । 
यसरी नै "तार" "मार" चिमी, च्हम्रुको बिकास भएको पाईन्छ। 
च्योम्स्यो तिरका चोर्मी र चुम्रु/च्हम्रु भनिए। चोर्मी पुर्बी र दक्षिण नेपाल तिर बसाइ सरे भने च्हम्रु धादिङ, बन्दिपुर तिर सरे । च्हम्रुहरु बन्दिपुर, भुजुङ, पसगाउँतिर पनि सरे । च्हम्रुहरु घले राजाका पालामा झिमिरे काजि थिए/भए । च्हम्रुहरुको मुख्य थालो पर्वत पैयुवाछा बनाए। 
झिमिरे काजी घलेराजाको मन्त्रिमण्डलमा घले राजाका छोरीलाई मुसलमानसँग दिनु लाग्दा,  दिनु हुँदैन भनेर असहमती जनाए । र पछी अर्घौ जुन अहिले लेखनाथ नगर पालिका कास्कीको अर्घौ चोक छ त्यहाँ आएर बसे, त्यो ठाउँ पहिले तमु (गुरुङ) हरुको मरेको पितृलाई स्वर्ग तार्न गरिने बिधि (तमू संस्कार) अर्घु (पय) गर्ने ठाउँ थियो । बसाइ सर्दै जाने क्रममा पश्चिम भादौरेको रती खोलाको कथा पनि आउछ । त्यस ठाउमा घले राजाका सैनिकहरुले फलाई फुल्याई गरी झिमिरे काजीलाई बलुवामा लुकाइ राखेको हतियार प्रहार गरी झुक्याइ मारिदिए। त्यसै कारणले च्हम्रुहरुले त्यस खोलाको पानी पिउदैनन्। 
त्यस घट्नामा बज्यै पूर्णवतिलाई मार्न भने सकेनन, किन भने उन्को पेट्मा मुर्ती घुसारेको थियो भनिन्छ। 
त्यति बेला हाम्री बज्यै (जिज्यूमुमा) पूर्णवतिको पेटमा ८ महिनाको गर्भ थियो। बज्यै पैयुवाछा माइतिको शरणमा पुगिन्। माइती क्ल्हेप्य्रीँ/घ्याब्रिं थिए। त्यस पछीको २ महिना पछि छोरालाई जन्म दिइन् । छोराको नाम क्रछै (लडाईमा परेर पनि बाँचेकोलाई तमु भाषामा क्रछै भनिन्छ )। क्रछैको त्यही मावालिमै बिहे भयो। २ वटा छोरा पाए । बिरु र मणी ।

मणीको सन्तान उल्लेख गरेको पाइदैन। मणीसँग क्ल्हेप्य्रीँ ज्ञान थियो। पछि त्यो ज्ञान मावालीलाइ दिए। बिरु पच्यु ज्ञान भएका थिए। त्यसैले अझै पनि कति च्हम्रुहरु पच्यु काम गर्दै छन्। बिरुका सन्तान अर्थात छोरा थिए, धनपती । उनै धनपतीले खनेको कुँवा (well) अझै पनि हेर्न सकिन्छ। तिरुगुली भन्ने ठाउँमा ठुलो कुँवा अझै जस्ताको तस्तै हेर्न पाईन्छ। पछि कुलपतीकै सन्तानबाट २ च्हम्रुको ब्युत्पन्न भएको पाईन्छ । तार चिमी र मार चिमी । तार चिमीले भैंसीको मासु खान्छ भने मार चिमीले खाँदैन । 
यसको पनि एउटा कथा छ । दुई जना दाजु भाई शिकार खेल्न जाने क्रममा दाई मार र भाई ताइ । अर्थात् दाई बाटोको मुनि लागे भने भाई बाटोको माथि लागे। "तार" च्हम्रुले मासु खाने भए भने "मार" च्हम्रुले दुध खाने (पिउने) हुन गए, भनिन्छ।

च्हम्रुको मुसित भाई क्रोम्जै, तोर्जै, थिम्जैलाई मानिन्छ। 
पोखरामा मात्रै लगभग १२९ घर भन्दा बढी च्हम्रुहरु रहेका छन् । 
फिस्लिङ, वाछा देउराली, कल्लेरी-फेदिखोला, बन कटा- स्याङ्जा, पसौदी, राउकोट, लाम्डाँडा, ढापुक, चार गाउँ, सिर्सेकोट, घुरुङगाउँ, सिस्नेरी, कोखे, हिले, तनहुँ, बिसेडाँडा-स्यङ्जा, पुतलिबजार-२(पेल्का-चौर )-स्यङ्जामा च्हम्रुहरु छन् ।

आफ्नो जातीय मौलिक पहिचान भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, पुर्ख्यौली, परम्पराको संरक्षण, सम्बर्दनका एवं जातीय हित उत्थान र समुन्नत बिकासको निम्ति स्वदेश तथा विदेशमा छरिएर रहेका चिमी च्हम्रु (चोर्मी) तमु दाज्युभाईहरु बीच भावनात्मक एवं मातृत्व नाता कायम गर्दै एउटै छाता संगठन भित्र आवद्ध भै एकआपसमा पर्न आउने सुख दु:खका क्षणहरुमा सहभागी गर्ने उदेश्यका साथ यस च्हम्रु (चोर्मी) तमु समाज नेपालको स्थापना २०६३ साल बैशाख ९ गते पोखरामा भएको हो। साथै यस संस्थाले गरेको अनुसन्धानको रुपमा जम्मा च्हम्रु (चोर्मी) तमुहरुको नेपालको विभिन्न १९ वटा जिल्लाहरुमा बसोबास गरेको पाइएको छ ।

- बुद्धि च्हम्रु तमू । 
Nepal
यो लेख, चिमी, च्हम्रु, चोर्मी समाजका अध्यक्ष, कप्तान श्री ईन्द्र बहादुर च्हम्रु गुरुङज्यु को माछापुछ्रे FM पोखरासँग को अन्तर्वातामा आधारित छ।
- बुद्धि गुरुङ, 
Nepal.


तमु प्ये ल्हु वेब-साइटका प्रधान सम्पादक एबम प्रशासक,प्रकाशक आदरणीय श्री प्रेम चाक्ल्ही तमुज्यूका केही उद्दरणहरु-

बुद्घिजीको कमेण्‍ट पढेर मलाई पनि केहि लेख्‍ने साहस जाग्‍यो। तमु जातिको आफ्नै मातृ भाषा छ तर लिपिबद्ध भएको छैन । आफ्नै कुल धर्म छ तर विश्लेषण र व्याख्या पुगेको छैन । आफ्नै संस्कार छ तर बाहृय आधुनिक संस्कृतिबाट मुक्त छैन । आफ्नै संस्कृति छ तर अन्य विकृतिबाट मुक्त छैन । अनि आफ्नै भाषामा आफ्नै पुख्र्यौली धर्मसंस्कार चलाउने पुरोहितहरू छन् तर विद्वता र र्सवमान्य छैन । बर्तामानमा तमुहरू शिक्षित भएका छन् तर बुझ पचाइ आदिम युग देखि चलिआएको पराम्‍परालाइ निरमासै गर्ने काम गर्छन्‌ । तमु एकताको नारा लगाउदै हिड्‍छन् तर बर्खे च्‍याउ जस्‍तै तमु संघ संस्‍थाहरू खोल्‍न होडबाजी चलेजस्‍तै छन् । खै तमुको घैंटामा घाम कहिले लाग्‍ने हो कुन्‍नी? 

नेपाली मेलामा तमु प्ये ल्हु संघको सहभागीता

"पूर्व बाँधु पश्चिम बाँधु" बोलको सोरठी नृत्य प्रस्तुत गर्दा डम्बर टु तमु र एक जना महिलालाई देवता चढेको (trance/possesed) थियो र सोरठी नाच सकिएपछि डम्बर टु तमु स्वयंले मादलको पूरा ताल बजाएर धुप चढाएपछि शान्त भएको थियो । यस घटनाले कुनै गुरु बिना पौराणिक शक्तिशाली मौलीक लोक नृत्यलाई जथाभावी प्रदर्शनी गर्न नहुने पाठ सिकाएकोछ ।


तमु खेगि (पुरोहित)को भनाइ अनुसार हरेक कार्यक्रमको रौनक चरम चरण (peak time)मा प्रेतात्‍म (friendly ghost/spirit) पनि मनोरन्‍जनको लागि सहभागि हुन्‍छ । ति प्रेतात्‍मलाइ ऐँसेलु (barry)को हाँगा नुघेर, जमिन छोएको ठाउमा जरा पलाइ फरि अर्को ऐँसेलुको बोट उम्रेको ठाउको माटोले देउता चढ्‌ने ब्‍यात्तको शरिर पोत्‍ने र एक प्रकारको बिशेष मन्‍त्र जप्‍यो भने सो ब्‍यत्तिले ति प्रेतात्‍महरूलाइ देख्‍न सकिन्‍छ ।

कतिपयले यस कुरालाइ अन्‍धबिश्‍वासको कुरा भनि खिल्‍ली उडाउछ तर बास्‍तवमा यस सोराठी नाचको गित र धुनले देउता चढेको, हाम्रा पुर्खहरूले भन्‍दै गरेको अदृष्‍य शत्तिको सबुत प्रमाण हो । आधुनिकताको बैंसले मत्तु भएकाहरू फरि एक पटक सोंचि, यसप्रकारका कुराहरूमा गम्‍भिर संबेदन हुन आवश्‍यक देखिन्‍छ ।


© 2009 Buddhi Gurung www.buddhigrg.yolasite.com 

Make a Free Website with Yola.